काठमाडौं । नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेर समूहमा कांस्यपदक जितेकी छन् ।
आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण र लाओसकी सोमानिन फानोसिथले रजतपदक जिते ।
उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जानकारी दिए ।