दक्षिण ललितपुरको बागमती गाउँपालिका स्थानीय तहको निर्वाचनपछि भौतिक पूर्वाधारको क्षेत्रमा अपेक्षाकृत परिवर्तन भएको छ । टोल टोलमा सडक र खानेपानीको पहुँचले बागमती बासीले स्थानीय तहको निर्वाचनपछि विकासको अनुभूूती गरेका छन् । २०७४ र ७९ सालको स्थानीय तहको निर्वाचनबाट बागमती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुुभएका विरबहादुर लोप्चनसँग यस अवधिमा भएका कामको बारेमा हाम्रा संवाददाताले गर्नुभएको कुुराकानीको सार संक्षेप यहाँ प्रस्तुुत गरिएको छ ।
तपाँई बागमती गाउँपालिकाको २०७४ र २०७९ सालमा गरी दुुई कार्यकाल अध्यक्ष पदमा निर्वाचित हुनुुभयो यस अवधिमा भौतिक पूर्वाधारका क्षेत्रमा केके काम भएका छन् ?
२०७४ सालमा स्थानीय तहको निर्वाचन हुनुु भन्दा अगाडि बागमती गाउँपालिकाका डाँडाँकाँडाका सबै वडाका टोलहरुमा सडक पुुगेका थिएन । हाम्रो कार्याकालमा अहिले सबै वडाको टोलहरुमा सडकको पहुँच पुुगेका छन् । यसै अवधिमा गाउँपालिकाले जग्गा खरिद गरेर प्रशासनिक भवन निर्माण सम्पन्न गरी अहिले सोही कार्यालयबाट सेवा प्रवाह भइरहेको छ । गाउँपालिकास्तरीय अस्पताल निर्माण गरी सेवा प्रदान हुँदै आइएको छ । हामी आउनुु अगाडि स्थानीय तहको भौतिक संरचना नै थिएन । अहिले स्थानीय तह भनेर चिनिने र देखिने आमनागरिकलाई गर्व गर्न लायक वातवारण हामीले नै बनाएका हौं ।
राडर क्षेत्रलाई नवपर्यटकीय गन्तव्यको केन्द्र बनाउन गाउँपालिकाले अहिले केके काम गरेको छ ?
बागमती गाउँपालिकामा रहेको राडर क्षेत्र बागमती गाउँपालिकाको मात्र नभएर अहिले काठमाडौँ उपत्यकाकै नवपर्यटकीय केन्द्र बन्दै गएको छ । हामी निर्वाचित जनप्रतिनिधि आएपछि सो स्थानमा भौतिक पूर्वाधारका काम क्रमिकरुपमा हुँदै गएको छ । सो क्षेत्र नवपर्यटकीय केन्द्र बन्दै गएको छ । । सो क्षेत्रमा भ्यूू टावर निर्माण पर्यटकीय मैत्री वातावरण निर्माण गरिएको छ । यसै क्षेत्रमा जिपलाइन पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसै क्षेत्रमा रहेको सन्ज्योगिी माइ मन्दिरलाई स्तरउन्नती गर्ने र बुुद्ध स्तुुपा बनाउने र पर्यटक आउँदा घुुम्न मिल्ने संरचना गाउँपालिका नै यसै वर्ष बनाउने तयारी गरेको छ । त्यहाँ पिकनिक आउने व्यक्तिलाई कम्तिमा दुुई घण्टा राम्रोसँग घुुम्न सकिने अवस्था मिलाएका छौं । लिफ्टिङ् खानेपानी योजना यस वर्षभित्रमा राडर क्षेत्रमा पुु¥याउने योजना छ । बजेटको अभावमा अझै पनि पर्याप्त पूर्वाधार निर्माण गर्न बाँकी छ । अब सो क्षेत्रलाई प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको छ ।
तपाई २०७४ सालमा पहिलो पटक निर्वाचित भएर आउँदा नै उच्च प्राथमिकतामा राखिएको एक घर एक धारा पुर्याउने अभियान अहिले कहाँ पुुग्यो ?
हामीले एक घर एक धारा अभियान चलाएर खानेपानीको पहँुचलाई आमनागरिक समक्ष पुर्याएका छौंँ । करिब ९० प्रतिशतका घरमा एक घर एक धारो पुुगिसकेको छ । गत वर्ष असोज महिनामा आएको बाढीले खानेपानीको मुहानमा क्षति पुुर्याएकाले कतिपय सम्पन्न भइसकेका योजना पनि पुुननिर्माण गर्नुुपर्ने भएको छ । बागमती बासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रयास जारी छ । च्वाइ नेपाल नामक संस्थाले पनि खानेपानीको योजनाको काममा सहयोग गरिरहेको छ । उक्त संस्थाले गाउँपालिकाको ७ वटै वडामा खानेपानीको योजनाको अधुरा काम गर्ने सुरु गर्दैछ ।
कृषि ,पर्यटन पूर्वाधार समृद्ध र सुुखी बागमती गाउँपालिकाको मूल आधार भन्ने नारा तय गरी कृषि र पर्यटनका क्षेत्रमा काम गरिएको छ । पहिला कोदोलाई कुुअन्न भन्ने गरिन्थ्यो अहिले हरेक नागरिकले कोदाको प्रोष्टिक तत्व बुुझ्दै गएपछि कोदोको माग पनि बढ्दै गएको छ गाउँपालिकाले अहिले कोदो लगायतका रैथानै बालीलाई बाली संरक्षण गर्ने अभियान चलाएका छौं । गाउँपालिकाले अध्यक्षसँग कृषि कार्यक्रम भनेर बजेट विनियोजन गरिएको छ । ५० प्रतिशत अनुदानमा सामाग्री प्रदान गर्ने कार्यक्रम तय गरिएको छ । एकल पुुरुषलाई भत्ता दिने काम पहिलो गाउँपालिकाको रुपमा बागमती गाउँपालिकाले सुरुवात गरेपछि अहिले अरु गाउँपालिकाले पनि सुुरु गरेका छन् । 
यस अवधिमा शैक्षिक क्षेत्रमा केके काम गरिएका छन् ?
आधारभूूत र माध्यामिक तहका विद्यार्थीलाई सिकाइ सहजिकरणको अतिरिक्त नेपाल स्काट, जुनियर रेडक्रस, सर्कल खेलकुुद लगायतका अतिरिक्त क्रियाकलापमा सहभागिताका लागि उप्रेरित गरिँदै आइएको छ । हामी निर्वाचित जनप्रतिनिधि आइसकेपछि गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार भएको छ । २०७४ सालमा स्थानीय तहको निर्वाचन हुनु भन्दा अगाडि गाउँपालिकामा ५० वटा सामुुदायिक विद्यालय रहेको अहिले विद्यार्थी नभएका विद्यालयलाई मर्ज गरेर अहिले ४६ वटा सामुदायिक विद्यालय छन् । गाउँपालिकाले आफ्नै बजेटमार्फत अतिरिक्त शिक्षक राख्ने व्यवस्था गरिएकाले गाउँपालिकाको ७१ प्रतिशत विद्यार्थी एसइइमा उतीर्ण भएका छन् यो नतिजा सन्तोषजनकै हो । पहिला जनप्रतिनिधि नभएको अवस्थामा सामुुदायिक विद्यालयमा निगरानी हुदैन थियो । तर गाउँपालिकामा जनप्रतिनिधि आइसकेपछि अनुुगमन गर्न जाने गरिएको शैक्षिक गुणस्तर कायम गर्ने गरिएको छ । आउने वर्षको एसइइमा शतप्रतिशत नतिजा ल्याउने गरी गाउँपालिकाले काम गरिरहेको छ ।
अब गाउँपालिकाले गर्न बाँकी काम चाँही के के छन् ?
नागरिकका माग र अपेक्षा त पुुरा कहिल्यै पनि हुँदैन् । एउटा माग र आवश्यकता सकिएपछि अर्को माग स्वत भइहाल्छ तर पनि भौतिक पूर्वाधारमा सडकको पहुँच सबै वडामा यस अवधिमा हामीले पुु¥याएका छौंँ । अब नियमित आवतजावत गर्नका लागि चाही हरेक वर्ष सडक स्त्तरोन्नतीका लागि बजेट विनियोजन गर्न पर्नेछ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तिवटै तहको समन्वय र सहकार्य आवश्यक छ । कतिपय स्थानमा सडक ढलान गर्ने काम भइरहेको छ ।